logo-img

मधेशको विकासप्रति सरकार उदासीन : निधि

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् । संघीय सांसदसमेत रहेका निधिले सरकारका कारण जनकपुरधामसहित मधेश प्रदेश पछि परेको आरोप लगाए । 

नेपाल स्वर्णकार ठाकुर उत्थान संघको शनिबार सम्पन्न नगरस्तरीय पदाधिकारीको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले यस्तो आरोप लगाएका हुन् ।

‘सरकारले जति काम गर्नुपर्ने हो, गर्न सकेको छैन । यसै कारणले जनकपुरधामसहित मधेश प्रदेश पछाडि परेको हो,’ उनले भने, ‘यो संघीय सरकार मधेशको विकासप्रति उदासीन देखिएको छ ।’

सरकारले नागरिकता ऐन पारितलगायत महत्वपूर्ण केही काम गरेको तर जनअपेक्षा अनुसार अघि बढ्न नसकेको उनले बताए । एमालेबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले ऐन पारित नै नगरी थन्क्याइदिएको तर गठबन्धनको सरकारले सो ऐन प्रमाणीकरण गरेर लाखौं नागरिकताविहीनलाई अनागरिक हुनबाट जोगाएको उनको भनाइ छ । 

उनले संघीय सरकार विकासप्रति जिम्मेवार नभएपनि प्रदेश र स्थानीय सरकारले जनकपुरधामको विकासका लागि लाग्नुपर्ने आवश्यकता रहेको बताए । 





  • प्रकाशित मिति : भदौ ३०, २०८० शनिबार २३:१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया