logo-img

प्रचण्डपछि नेपाल र देउवा प्रधानमन्त्री बन्नेछन् : विमलेन्द्र निधि

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद विमलेन्द्र निधिले संसद र सरकार दुवैमा राजनीति स्थिरता हुनुपर्ने बताएका छन् ।

आइतबार नेपाल प्रेस युनियनले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताए । 

उनले देशमा कुनै एक पार्टीको पनि बहुमत नभएकाले गठबन्धन बनाउनुपरेको उल्लेख गर्दै  सरकारले स्थिर रूपमा काम गर्न आवश्यक रहेको बताए । 

सञ्चारकर्मीहरूले प्रधानमन्त्री हेरफेर हुने सम्भावना रहेको प्रश्नमा उनले हाल सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने पूर्व सहमतिमा गठबन्धन दल रहेको बताए ।  





  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार १३:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया