logo-img

सर्पले टोकेर किशोरीको मृत्यु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सर्पले टोकेर दैलेखको ठाटीकाँध गाउँपालिकामा एक किशोरीको मृत्यु‌ भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–१ नुवावनकि १८ वर्षीया कल्पना शाही रहेकी छन् ।

आइतबार बेलुका घरमा सुतिरहेको बेला उनलाई सर्पले टोकेको थियो । उनका दाइ निराजनका अनुसार कल्पनाको बेलुका ६ बजेतिर सर्पले हातमा टोकेको थियो ।

घरमा आमा र उनी मात्र थिइन् । दाइ निराजन काठमाडौं छन् भने बुबा भारतमा छन् । झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लिँदै गर्दा कल्पनाको मृत्यु भएको निराजनले बताए ।

भावना कक्षा ९ मा पढ्थिन् । अहिले उनको शव पोष्टमार्टमका लागि दुल्लु अस्पतालमा लगिएको छ । 





  • प्रकाशित मिति : असोज १, २०८० साेमबार १४:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया