logo-img

राष्ट्रकवि घिमिरेको स्मृतिमा अक्षयकोष स्थापना

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका संरक्षक राष्ट्रकविको स्मृतिमा उनकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।  

प्रतिष्ठानको नाममा अक्षयकोष रहने गरी  उक्त रकम सोमबार प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेलाई हस्तान्तरण गरिएको छ । 

हस्तान्तरण कार्यक्रममा राष्ट्रकविको सुपुत्रद्वय इन्दिवर र राजीव घिमिरे तथा प्रतिष्ठानको तर्फबाट उपाध्यक्ष भाग्यशाली अधिकारी, महासचिव श्रीकृष्ण न्यौपाने, कोषाध्यक्ष लक्ष्मण थापा र सदस्य यामबहादुर दुरालगायतको सहभागिता रहेको थियो ।

उक्त अक्षयकोषबाट आउने ब्याजबाट वार्षिक एक जना साहित्यकारलाई १ लाख रुपैयाँ राशिको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’समेत प्रदान गरिने भएको छ । उक्त पुरस्कार नेपालको भाषा, साहित्य, कविता, काव्य, गीत, गीतिनाटक, महाकाव्य, निबन्ध, समालोचनालगायतको क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

पुरस्कार वितरणका लागि प्रतिष्ठानले तीन सदस्यीय समिति गठन गर्ने भएको छ । उक्त टोलीले सिफारिस गरेको व्यक्तिलाई राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर हरेक वर्ष ७ असोजमा सो पुरस्कार वितरण गरिने जनाइएको छ । 





  • प्रकाशित मिति : असोज २, २०८० मंगलबार ८:३९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया