द्रुत बस सेवा निरन्तर चल्छ, थप ठाउँमा विस्तार गर्छौँ : यातायात मन्त्री ज्वाला

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा रत्नपार्क–सूर्य विनायकसम्म मात्रै सीमित नरहने बताएका छन् । बुधबार संविधान दिवसको अवसरमा काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा द्रुत बस सेवाको उद्घाटन गर्दै यस्तो बताएका हुन् । 

उनले द्रुत बस सेवा सूर्य विनायक–रत्नपार्क रुटमा मात्रै सीमित नहुने भन्दै सरकारले एयरपोर्ट,रिङ रोड, नागढुङ्गा,ललितपुर,बालाजु, महाराजगन्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै बिस्तार गर्दै लैजाने बताए । उनले बिहान र बेलुका अफिस समयमा धेरै यात्रुको चाप हुने र धेरै बसहरूको आवश्यकतालाई ध्यानमा राखेर यात्रुहरूको सहजताको लागि बिहान–बेलुका दुई–दुई घण्टा द्रुत बस सेवा शुभारम्भ गरिएको बताए । 

उनले द्रुत बस सेवालाई सरकारले विस्तार मात्रै नभएर निरन्तरता दिने बताए । उनले द्रुत बस सेवा सरकारले आज जुन उत्साहका साथ सुरु गरेको छ त्यही उत्साह निरन्तर रूपमा सधैँको निम्ति रहने गरी यो कामलाई अगाडी बढाउने बताए । उनले बस सेवालाई सरकारले निरन्तर अनुगमन र फलोअप गर्दै जाने र कुनै पनि अवस्थामा अवरोध नपुग्ने गरी निरन्तरता दिने प्रतिबद्धता जनाए ।

मन्त्री ज्वालाले बस सेवालाई निरन्तरता र बिस्तार दुवै  गर्ने बताए । उनले सरकारले सञ्चालन गरेको द्रुत बसमा यात्रुहरूलाई कहाँ समस्या भयो ? कहाँ ट्राफिक समस्या भयो । सूर्य विनायकदेखि रत्नपार्कसम्म आउने समय करिब दुई घण्टा लाग्छ यसलाई सबैभन्दा पहिला ४५ मिनेटमा झार्ने र अझै व्यवस्थित गर्दै गएर ३० मिनेटमा पुर्‍याउने योजना रहेको बताए । उनले सरकार धेरै चुनौतीहरूका बीचमा काम गरिरहे पनि बस सेवा सूर्य विनायकदेखि बनेपा धुलिखेलसम्म पनि बिस्तार गर्दै जाने पनि बताए । 





  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार १४:१७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया