logo-img

बलिउड अभिनेत्री जरिन खानमाथि किन जारी भयाे पक्राउ पुर्जी ?

भारतको कोलकाता उच्च अदालतले बलिउड अभिनेत्री जरिन खानमाथि पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि ठगीको आरोप छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सन् २०१८ को एक घटनालाई लिएर उनीमाथि पक्राउ पुर्जी जारी गरिएकाे हाे । कोलकातामा भएको दुर्गापूजामा पूर्वसहमतिअनुसार प्रस्तुति दिनुपर्नेमा उनी उपस्थित नभएकाले आयोजकले उनीविरुद्ध अदालतमा याचिका दायर गरेका थिए । 

कोलकातामा ६ वटा कार्यक्रममा उनी उपस्थित नभएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । आयोजकले जरिनविरुद्ध कोलकाता प्रहरीमा पाँच वर्षअघि ठगीको उजुरी दिएका थिए । त्यसपछि आयोजकले उनीविरुद्धको कानुनी प्रक्रियालाई अघि बढाएका थिए ।





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार १६:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया