logo-img

लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक छ : महासचिव भुसाल

नेकपा एकीकृत समाजवादीका महासचिव धनश्याम भुसालले नेपालमा लगानी संरक्षणका लागि राज्यले नीतिगत ग्यारेन्टी आवश्यक भएको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले गरिबीका कारण राजनीतिक अस्थिरता, सामाजिक अस्थिरता र द्वन्द्व बढ्दै जाने भन्दै त्यसलाई रोक्न उद्यम क्षेत्रको विकास र संरक्षण आवश्यक भएको बताए । 

उनले भने, ‘मुलुकको विकासको कुरा रोजगारी र बेरोजगारी हो । बेरोजगारी भएको स्थानमा राजनीतिक अस्थिरता, सामाजिक अस्थिरता र द्वन्द्व बढ्दै जान्छ । मुलुकले बाटो लिँदैन, राष्ट्रिय एकता हुँदैन, जनताको संरक्षण गर्न सक्दैन र राज्य कमजोर हुन्छ । हामी असफल त छैनौ तर सफल पनि हुन सकेका छैनौ । नेपाली लगानीको संरक्षण गर्ने, नीतिगत ग्यारेन्टी राज्यले नगर्दासम्म उद्यमको कतै विकास हुँदैन । नेपालको पनि हालत त्यही हो ।’ 

उनले संविधानमा भनिएको समाजवाद ल्याउने हो भने बाध्यात्मक वैदेशिक रोजगारीका लागि बाहिर गएको देशका युवाहरूलाई देशका फर्किन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । 

उनले भने, ‘जुन दिन बाध्यात्मक वैदेशिक रोजगारीका लागि बाहिर गएको हाम्रो छोरा छोरीको अन्तिम पुस्ता नेपालमा फर्किन्छ त्यस दिन समाजवादको एउटा चरण पूरा हुन्छ । त्यो काम गर्ने उद्यमीले हो । यो कुरा राजनीतिले राम्रोसँग बुझ्न सकेन  त्यसो भएपछि राज्यले पनि बुझ्न सकेन, उद्यमीको संरक्षण नगरी यो काम हुँदैन । ऊर्जा र अरू माध्यमबाट हामीले उद्यमलाई प्रतिस्पर्धी बनाउनु पर्छ, संरक्षण गर्नुपर्छ र उद्यम डुब्दैन् भनेर ग्यारेन्टी गर्नुपर्छ । तर हाम्रा नीति त्यस्तो छैन ।’ 





  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार १४:४४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया