logo-img

ट्रेण्डिङ र भाइरलमा विश्वास छैन : राजेशपायल राई

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच साङ्गीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक भएको हो । चलचित्रमा बुद्धि तामाङ, माओत्से गुरुङ, एलिशा राईलगायत कलाकारको अभिनय छ ।  

कार्यक्रममा गायक राजेशपायल राईले आफूलाई ट्रेण्डिङ र भाइरलमा विश्वास नलाग्ने बताए । उनले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने बताए । उनले आफूले अहिलेसम्म ७ देखि ८ हजारसम्म गीत गाइसकेको बताए । 

राईले आफूलाई नेपाली गीत संगीतले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्नुपर्ने र नेपाली भिडियो देखाउँदा नेपाली कला कम नहोस् भन्नेकुरामा मात्रै लोभ रहेको बताए ।

राईले इमानदार भएर आफ्नो पेसामा रहन सक्दा फल प्राप्त हुने बताए । 





  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार १९:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया