logo-img

शिक्षाविद् विद्यानाथ कोइराला सम्मानित
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

समृद्ध एड मिडिया नेटवर्क प्रालिकोे १३औँ वार्षिकोत्सवका अवसरमा आज शिक्षाविद्, शिक्षाकर्मी र पत्रकारलाई सम्मानित गरिएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालबाट पाँच व्यक्तित्वलाई सम्मान प्रदान भएको थियो । 

सम्मानित हुनेमा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, काठमाडौंको नीलबाराही माविका प्रधानाध्यापक डा. जानुका नेपाल, एडकमार्क एकेडेमीका प्राचार्य शिव अधिकारी र गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा हुन् ।

शिक्षा पत्रकारितामा संस्थागत योगदान दिने शिक्षा पत्रकार समाज र उक्त मिडियामा उत्कृष्ट काम गर्ने पत्रकार तथा कर्मचारीलाई कदरपत्रबाट सम्मान गरिएको थियो भने ‘एजुकेसन न्यूज’ पाक्षिकको विशेषाङ्कको विमोचन गरिएको थियो । उक्त प्रालिले ‘खबर एजुकेसन डटकम’ र ‘स्कुल एजुकेसन’ मासिक सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा वरिष्ठ पत्रकार रिसाल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का उपाध्यक्ष दीपिका थापा, उच्च शिक्षा तथा विद्यालय सङ्घ (हिसान) का उपाध्यक्ष रामहरि सिलवाललगायतले सो मिडिया प्रालिको स्थापना दिवसका अवसरमा शुभकामना दिएका थिए ।

प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद ढकालले आगामी दिनमा शैक्षिक सम्वाद केन्द्रको सञ्चालनका साथै ‘स्टडी इन नेपाल’ अभियान सञ्चालन गर्ने बताए । 





  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार २२:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया