logo-img

आजको फलफूल तथा हरियो तरकारीको मूल्य

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ४५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ६५, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ । 

बजारमा आज लोकल गाजर प्रतिकेजी १४०, मूला सेतो लोकल ७०, घिउ सिमी लोकल ५०, भन्टा लाम्चो २५, मकै बोडी ८०, भटमासकोशा ७०, तितो करेला ५०, लौका ४०, परवल लोकल ३०, हरियो फर्सी ३०, घिरौँला ५० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ । 

त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३००, कन्य च्याउ १४०, कुरीलो ४००, ब्रोकाउली  २५०, भिण्डी ४०, रायो साग ६०, तोरीको साग २०, हरियो प्याज ९०, काँक्रो लोकल ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ । 

फलफूलमा आज केरा दर्जनको १५०, फूजी स्याउ २५०, अनार ३२०, अंगुर कालो ४००, तरबुजा ५०, मौसम १५०, लोकल नासपाती ८०, भारतीय मेवा ९०, आभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।





  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार ८:१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया