logo-img

प्रधान सेनापति शर्मा भारत प्रस्थान

प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । 

आइतबार प्रधान सेनापति शर्मा भोलिदेखि यही असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३औँ इन्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । 

उनलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरेका थिए । भारत प्रस्थान गर्नुपूर्व आजै उनलाई जंगीअड्डामा सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति शर्मा असोज ११ गते स्वदेश फर्किनेछन् ।
 





  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार १५:३८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया