logo-img

काठमाडौं महानगरलाई दबाबभन्दा सुझाव आवश्यक छ : उपमेयर डंगोल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपमेयर डंगोलले यो समस्याको दिगो समाधान हुनेगरी तत्काल एकीकृत नीति बनाउन संघीय सरकारलाई आग्रहसमेत गरिन् । 

उनले यो समस्या देशभरकै सबै शहरमा भएकाले संघीय सरकारले दिगो समाधान दिनेगरी आवश्यक एकीकृत नीति बनाउन ढिलाइ गर्न नहुने पनि स्पष्ट पारिन् । उपमेयर डंगोलले समस्या समाधानका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिने काम नगर्न पनि अनुरोध गरे ।

काठमाडौं महानगरपालिकालाई कसैको दबाबभन्दा पनि सुझाव आवश्यक रहेको पनि उनको भनाइ छ । उपमेयर डंगोलले काठमाडौं महानगरपालिकालाई आफ्ना नीति र कार्यक्रमअनुसार अघि बढिरहेको बताइन् ।    

उनले संघीय सरकारले आवश्यक नीति, कार्यक्रम बनाएर देशभरकै सडक व्यापारीको समस्या समाधान गर्नुपर्ने पनि बताइन् । 





  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार १४:२५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया