logo-img

अभियन्ता ईः र काठमाडाैं महानगरका प्रतिनिधिबीच वार्ता जारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सडक व्यवसायीकाे उचित व्यवस्थापनकाे माग गर्दै केही दिनयता 'सौम्य विद्रोह' गर्दै आएका अभियन्ता ईः (इसान श्रेष्ठ) सँग काठमाडौं महानगरपालिकाले वार्ता सुरु गरेकाे छ।

महानगरले बनाएको वार्ता टोली र ईःका प्रतिनिधिबीच मंगलबार दिउँसो राष्ट्रिय सभागृहमा वार्ता भएकाे हाे । भित्र वार्ता चलिरहँदा राष्ट्रिय सभागृहबाहिर भने सडक व्यवसायी ऐक्यबद्धता जनाउन आएका छन्।

वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली र ईःका तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी छन्।

यसअघि काठमाडाैंकी उपमेयर सुनीता डंगोलले मंगलबार बिहान ईःलगायत अभियन्तासँग भेटेकी थिइन्। ईःलगायत अभियन्ताले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोललाई चुनावी बाचापत्र सम्झाउन 'सौम्य विद्रोह' गरेका हुन् । 





  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार १७:१५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया