logo-img

काठमाडौं महानगर र अभियन्ता ईः का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं महानगर र अभियन्ता ईः का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन भएको छ। मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको वार्ता राति ८ बजेसम्म चलेको थियो । 

महानगरको वार्ता टोली र ईःका प्रतिनिधिबीच राष्ट्रिय सभागृहमा वार्ता भएको थियो। झण्डै पाँच घण्टा चलेको दुई पक्षबीचको वार्ता निष्कर्षविहीन भएको छ।

वार्तामा महानगरले सडक व्यवसायीलाई व्यापार गर्न दिने समय र स्थान पहिचान गर्न पहल गर्ने प्रस्ताव गरेको थियो । यस विषयमा ईःका प्रतिनिधिले  व्यवसायीसँग पटकपटक वार्ता गरे । व्यवसायीले पुरानैठाउँमा व्यापार गर्न पाउनुपर्ने माग राखेपछि महानगरले सो माग सम्बोधन गर्न नसक्ने जनायो । 

वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली र ईःका तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी थिए।





  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार २१:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया