logo-img

अभियन्ता ईः र काठमाडौं महानगरबीच सहमति उन्मुख वार्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच बुधबार पनि वार्ता भएको छ । राष्ट्रिय सभागृहमा बुधबार दिउँसोदेखि वार्ता जारी छ । 

वार्तामा मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल, सचिवालय सहजकर्ता धिरज जोशी र ईःका तर्फबाट सौरभ न्यौपाने र ईः आफैँ रहेको बताइएको छ। 

वार्ता सहमतिउन्मुख रहेको बताइएको छ । केही स्थानमा समय तोकेर फुटपाथमा व्यापार गर्न दिने विषयमा वडाध्यक्षहरूसँग परामर्श भइरहेको स्रोतको भनाइ छ।

मंगलबारको वार्तामा साविकमा फुटपाथरसार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरपालिकाले पहल गर्ने, कोटेश्वर चोकबाट जडिबुटी जाने बाटो, तिलगंगाअगाडि, चाबहिल मालपोत पछाडिलगायत केही ठाउँमा समय तोकेर छठसम्म व्यापार गर्न एक हप्ताभित्र ठाउँ उपलब्ध गराउने सुरूआती समझदारी भएको थियो । 

केही स्थानमा समय तोकेर फुटपाथमा व्यापार गर्न दिने विषयमा महानगर प्रमुख बालेन साहले सहमति नदिएपछि वार्ता निष्कर्षविहीन बनेको थियो । 





  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार २१:३३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया