logo-img

निजी कामका विदेश भ्रमणले खर्च अत्यधिक बढ्यो : भट्टराई

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सार्वजनिक लेखा समितिका सदस्य योगेश भट्टराईले विदेश भ्रमणको क्रम पहिलेभन्दा बढेको बताएका छन् । विदेश भ्रमणको क्रम बढ्दा खर्च पनि बढेको उनको भनाइ छ ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा उनले विदेश भ्रमणका क्रममा जम्बो टोली जाने गरेको भन्दै यसले खर्च बढाउने बताए ।

‘प्रधानमन्त्रीको टोली होस् वा मन्त्रीहरुको टोली होस् हरेक दिन कुनै न कुनै मन्त्री विदेशमा छन्,’ भट्टराईले भने, ‘यहाँसम्म छ कि शाखा अधिकृत अथवा उपसचिव, सहसचिवले सहभागिता जनाउने कतिपय कार्यक्रममा मन्त्री उपस्थित हुने, सचिव जाने साथै तीन दिनको कार्यक्रमलाई १० दिनको बनाउने र विदेशमा गएर आफन्त भेट्ने आफ्ना निजी काम गर्ने चलनले सााधारण खर्च अत्यधिक रुपमा बढेको छ । 

कोभिड–१९ महामारी पछिको अवस्थामा थुप्रै अन्तर्राष्ट्रिय बैठकहरु अनलाइनबाट भइरहेको र विभिन्न मुलुकका राष्ट्रपति प्रधानमन्त्रीले अनलाइनमार्फत छलफल गरिरहेको, तर नेपालबाट प्रत्यक्ष उपस्थिति भइरहेको उनले बताए ।

उनले यसका लागि परराष्ट्र र अर्थ मन्त्रालयलाई बोलाएर विदेश भ्रमणको ६–७ महिनाको स्थिति के छ र त्यसको प्रतिफल के आयो भनेर छलफल गर्न आवश्यक भएको बताए ।





  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार २२:१९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया