चीनले नयाँ ‘रिमोट सेन्सिङ’ उपग्रह अन्तरिक्षमा पठायो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

चीनले बुधबार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नयाँ रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ ।  याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान ४ः१५ बजे प्रक्षेपण गरेको थियो । 

यसलाई वैज्ञानिक प्रयोग, भूमि श्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम तथा राहत कार्यका लागि प्रयोग गरिनेछ । प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ४८९औँ उडान अभियान हो । 





  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार ९:३२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया