logo-img

इमानदार शिक्षकले भोग्ने पीडालाई चलचित्रमा देखाएका छौँ : अभिनेता सापकोटा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज सापकोटाले बताएका छन् ।

उनले चलचित्र ‘कौसीद’ को भूमिका सुनेपछि काम गर्न सहमत भएको बताए । चलचित्रमा इमानदार शिक्षकले भोग्ने पीडा देखाइएको उनले बताए । भारतमा ‘वर्फी’ चलचित्रमा काम गरेपछि चर्चामा आउनु भएका अभिनेता सापकोटा नेपाली चलचित्र र रङ्गमञ्चको स्थापित नाम हो ।

‘मैले नेपाली रङ्गमञ्चमा काम नगरेको होइन, तर बलिउडको प्रभाव बढी भएकाले अभिनेता रणवीर कपूरका साथी भनेर चिनारी पाएको छु । नेपाली नाटक प्रेमीले मलाई विभिन्न नाटकका पात्रको रुपमा चिन्नुहुन्छ’, अभिनेता सापकोटाले भने, ‘रङ्गमञ्चमा सिकिएका कुरा चलचित्रमा प्रयोग गर्न नपाउँदा कहिलेकाहीँ खल्लो लाग्छ । त्यस समयमा निर्देशकको कलाकार (डिरेक्टर्स एक्टर) भइदिन्छु ।’ 

केही चलचित्रमा आफ्नो पात्रलाई निर्माण गर्न नपाउँदा निर्देशकका अनुसार काम गरेको उनले बताए । अभिनेता सापकोटाले भने, ‘मैले देखेका थुप्रै शिक्षकमार्फत प्रभावित भएर कौसीदको पात्र बन्न तयार भएको हुँ ।’ चलचित्रमा उनले इमान्दार शिक्षकको भूमिका निर्वाह गरेका छन् । 

श्रीमती र आफन्तको अनुरोधमा बैंकबाट ऋण लिएर घर निर्माण गरेपछि अचानक बढ्ने ब्याजदरले निम्त्याउने समस्या चलचित्रमा देखाइएको छ । उनले इमानदार भएर सामना गर्नुपर्ने कठिनाइलाई चलचित्रमा देखाइएको बताए । 

चलचित्रको कथासार मन परेपछि चरित्र निर्माणमा उनी स्वयम् खटेका थिए । ‘प्राय: निर्देशकले नै पात्रलाई तयार गर्नुहुन्छ । मसँग केही उदाहरण भएकाले मैले प्रयोग गर्ने अनुमति मागे र पाए पनि । यस्ता चलचित्रले अप्ठ्यारो स्थितिमा पनि संयमता गुमाउनु हुँदैन भन्ने सन्देश दिन्छ । यो हाम्रै समाजमा घटिरहने एउटा कथा हो’, अभिनेता सापकोटाले भने ।



कुमार भास्करले निर्देशन गरेको चलचित्रमा अभिनेता सापकोटासँगै ऋचा शर्मा, रूपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भीक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले अभिनय गरेका छन् ।  



  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १३:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया