logo-img

जीवित देवी कुमारीको रथयात्रा, राष्ट्रपतिलगायतले गरे अवलोकन (तस्बिरहरू)

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इन्द्रजात्रा पर्वअन्तर्गत आज जीवित देवी कुमारीको रथारोहण गरिएको छ । वसन्तपुर जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्री, सांसद, प्रदेशसभा सदस्य, काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल गद्दी बैठकसम्म गएका थिए । उनीहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका थिए।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । 

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्ध सालिकबाट पैदल गएको भने यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्द बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए । इन्द्रजात्रा अवलोकन गर्न ठूलो भिड लागेको थियो ।  जात्रा हेर्न विदेशी पर्यटक पनि वसन्तपुर पुगेका थिए । 

असोज १५ गते महिलाले मात्र रथ तानी नानिचा यात्रा चलाउने प्रचलन छ । यसै दिन बेलुका राष्ट्रपति पौडेल हनुमानढोका पुगेर टीकाप्रसाद ग्रहणपछि कुमारीसँग खड्ग साट्ने परम्परासमेत रहिआएको छ ।

असोज १५ गते सोमबार राति ८ः३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त गरिनेछ । पतन गरेपछि इन्द्रजात्राको लिंगोलाई टेकु दोभानस्थित बागमती किनारमा सेलाइन्छ । लिंगो सेलाउन तानेर लैजाने परम्परा छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । 

 





 

 

 

  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १९:२७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया