अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताउने पहिलो अमेरिकी अन्तरिक्षयात्री फ्रांक रुबियो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नासाका अन्तरिक्षयात्री डा. फ्रांक रुबियो अन्तरिक्षमा एक वर्षभन्दा बढी बिताएर पृथ्वीमा फर्किएका छन् । 

अन्तरिक्षमा सबैभन्दा बढी अर्थात् तीन सय ७१ दिन बिताउने उनी पहिलो अमेरिकी अन्तरिक्ष यात्री बनेका छन् । 

आफ्ना दुई रुसी अन्तरिक्षयात्री साथीसँगै २०२२ सेप्टेम्बर २१ मा इन्टरनेसनल स्पेस स्टेसन पुगेका रुबियो २७ सेप्टेम्बर, बुधबार पृथ्वीमा फर्किएका हुन् ।

उनको लामो बसाइले आगामी दिनमा चन्द्रमा, मंगल ग्रह तथा अन्य बाह्य ग्रहमा अन्वेषण गर्न वैज्ञानिकलाई बाटो खुलेको नासाले उल्लेख गरेको छ । 

रुबियो तथा अन्य दुई रुसी अन्तरिक्ष यात्रीले त्यस अवधिमा पृथ्वीलाई पाँच हजार नौ सय ३६ पटक परिक्रमा गरेका छन् । यो भनेको २५ करोड ३० लाख किलोमिटर दूरी हाराहारी हो । नासाका अनुसार यो दूरी चन्द्रमामा  तीन सय २८ पटक आउन–जान लाग्ने दूरी हो ।
 





  • प्रकाशित मिति : असोज १३, २०८० शनिबार १६:३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया