logo-img

विवेकको ‘ऐँठन’ जित्यो मदन पुरस्कार, टेकवीरलाई जगदम्बा श्री

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

२०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ लाई प्रदान गरिने भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ओझाको ‘ऐँठन’ लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

यस्तै, जगदम्बा श्री पुरस्कार टेकवीर ‘मुखिया’ लाई दिने निर्णय भएको छ । मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार/चार लाख रुपैयाँ छ ।

‘ऐँठन’ मा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ । यस्तै, २०७९ सालको जगदम्बा श्री पुरस्कार पाएका टेकवीर मुखियाले नेपाली वाङ्गमय क्षेत्रमा योगदान दिएका छन् । 

उनले थुप्रै पेन्टिङ बनाउनुका साथै पुस्तकहरूको कभर र बालपुस्तकमा चित्रकथा कोरेका छन् । उनी गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतबाट सम्मानित भएका छन् ।
 
 





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १२:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया