logo-img

देशमा भ्रष्टाचार बढ्यो, विधि विहीनताले पराकाष्ठा नाघ्यो : अर्जुननरसिंह केसी
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा विधि विहीनताले पराकाष्ठा नाघेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित १४ औँ महाधिवेशनको म्याण्डेट र पार्टी रूपान्तरणको जल्दा बल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले देशको सबैभन्दा ठूलो अग्रगामी कदमको रूपमा भ्रष्टाचार अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे । नेता केसीले भ्रष्टाचारमुक्त समाजको निर्माण नभएसम्म सुशासन कायम नहुने बताए । उनले राज्यमा सुशासन भएन भने जनतामा अनुशासन नहुने भन्दै हरेक ठाउँमा अराजक मनोवृत्तिहरू विकास भइरहेको बताए । उनले हामी नेपाली हौँ भन्ने भावनालाई खुला रूपबाट चुनौती दिए पनि कारबाही हुन नसकेको बताए । 

उनले भने, ‘हामी अत्यन्त अप्ठ्यारो परिस्थितिमा छौँ । त्यत्तिकै अप्ठ्यारो परिवेशबाट हामी त्रिकोणात्मक रूपले द्वन्द्वको भूभागमा छौँ भने आर्थिक दृष्टिकोणबाट पनि पछि परेका छौँ । आर्थिक अनुशासनहीनताको सीमा नाघेको छ । भ्रष्टाचार त यो देशको सबैभन्दा ठूलो अग्रगामी कदमको रूपमा भ्रष्टाचार अघि बढिरहेको छ । भ्रष्टाचारमुक्त समाजको निर्माण नभएसम्म सुशासन कायम हुँदैन । विधि विहीनताले पराकाष्ठा नाघेको छ । राज्यमा सुशासन भएन भने जनतामा अनुशासन हुँदैन, अहिले चारैतिर त्यसै किसिमको अनुशासनहीनता बढेको छ ।’

नेता केसीले महँगी र मूल्यवृद्धिले नेपालका आम जनता हतोत्साहित अवस्थामा रहेको बताए । उनले रूपान्तरण र वैचारिक पुनः जागरण अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताए । जबसम्म समानुपातिक निर्वाचन प्रणाली भएसम्म पार्टी नबन्ने बताए । उनले यति ठूलो संख्यामा केन्द्रीय संसद्, प्रदेश सभा आवश्यक नरहेको बताए ।  





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १८:४०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया