logo-img

अनमोल केसीलाई आजै हिरासतमुक्त गर्ने तयारी

आर्थिक लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार राति नै हिरासतमुक्त गर्ने तयारी गरेको छ । उनलाई आजै छाड्ने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले छाड्न लागेको प्रहरीको भनाइ छ । 

अभियुक्तले अर्को अपराध गर्न सक्ने, अपराधको प्रमाण मेटाउन सक्ने र फरार हुन सक्ने तीन कारण देखिएमा हिरासतमा राख्नुपर्ने तर अभिनेता केसीमा त्यस्तो सम्भावना नभएकाले उनलाई छाड्न लागिएको प्रहरीको भनाइ छ । 

फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार २१:१९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया