डुंगा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नाइजेरियाको उत्तरी राज्य केबीको एक स्थानीय नदीमा डुंगा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

केबीको याउरी स्थानीय सरकारी क्षेत्रमा रहेको साप्ताहिक बजारमा कम्तीमा ५० जना यात्रु बोक्ने क्रममा सोमबार डुंगा पल्टिएको जिल्लाका प्रशासक बाला मोहम्मदले सञ्चारमाध्यमलाई जानकारी दिए । 

मोहम्मदका अनुसार अहिलेसम्म १० जना यात्रुको मात्र उद्धार गरिएको छ । उत्तर–मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा उक्त डुंगाले मुसलधारे वर्षाको सामना गर्नुपरेको थियो ।

नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख सालिहु गरबाले राज्यको राजधानी मिन्नामा पत्रकारहरूलाई स्थानीय अधिकारी र आपतकालीन सेवाहरूले हराइरहेका यात्रुहरूको खोजी र उद्धार सेवा सुरु गरेको बताए । 

स्थानीय गोताखोरलाई डुंगामा सवार बेपत्ता यात्रुको खोजी तथा उद्धारका लागि परिचालन गरिएको गरबाले जनाएको छ ।

पश्चिम अफ्रिकी मुलुकमा डुंगामा रहने अत्यधिक भार र खराब मौसम कारण डुंगा दुर्घटना हुने गरेको छ ।



गत महिना पनि नाइजेरियाका राष्ट्रपति बोला तिनुबुले मुलुकमा पटक–पटक हुने डुंगा दुर्घटनाको बृहत् अनुसन्धान गर्न आदेश दिएका थिए । 

तिनुबुले कानुन प्रवर्तन, समुद्री सुरक्षा, र यातायात सुरक्षा अधिकारीसहित विभिन्न सरकारी एजेन्सीलाई दुर्भाग्यपूर्ण र रोकथाम योग्य विपत्तिको मूल कारण पहिचान गर्न निर्देशन दिएका थिए । 



  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार २२:२७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया