पहिरोका कारण रिडी-अर्घाखाँची सडक अवरुद्ध
फाइल तस्बिर

विरल वर्षाका कारण पहिरो खस्दा रिडी-अर्घाखाँची सडक अवरुद्ध भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिक–१ साँखरमा मंगलबार साँझ माथिबाट चट्टान सहितको पहिरो खसेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

यस्तै, पहिरोका कारण मदन भण्डारी राजमार्ग पनि बिहान अवरुद्ध थियो । बलेक्सार रिडी सडकखण्डको खन्यारुखमा खसेको पहिरो हटाई आवागमन सहज बनाएको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 





  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार १०:८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया