रुकुमपश्चिममा ५४ जनालाई छोरी–बुहारी छात्रवृत्ति

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

रुकुमपश्चिममा कर्णाली प्रदेशको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमअन्तर्गत ५४ जनाले छात्रवृत्ति पाएका छन् । 

आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेश सरकारले छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रम सुरु भएको पहिलो आर्थिक वर्ष प्रदेशबाट दुईजनालाई छात्रवृत्ति प्रदान गरेको सामाजिक विकास मन्त्रालयले आव २०७७/७८ देखि जिल्लामा रहेको समाजिक विकास कार्यालयबाट छात्रवृत्ति दिन थालेको हो ।

आव २०७६/७७ मा १० जना, २०७७/७८ मा पनि १० जना, २०७८/७९ मा २० जना र गत आवमा १२ जना गरी ५४ जनाले छात्रवृत्ति पाएका हुन् । आव २०७५/७६ मा प्रदेश निर्देशनालयले छात्रवृत्ति वितरण गरेको र जिल्लामा त्यसको तथ्याङ्क नभएकाले कति जनाले छात्रवृत्ति पाए भन्ने यकिन जानकारी नभएको सामाजिक विकास कार्यालयका प्रमुख धनञ्जय आर्चायले बताए । उनका अनुसार दुई आर्थिक वर्षमा एक लाख र गत आवमा ५० हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो । 

तीनवर्षे प्राविधिक शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारीलाई मात्र एक वर्ष छात्रवृत्ति प्रदान गर्ने गरिएको प्रमुख आर्चायले जानकारी दिए । आव २०७६/७७ र २०७७/७८ मा एक लाख र २०७८/७९ मा ५० हजार मात्रै छात्रवृत्ति प्रदान गरिएको हो । यो वर्ष पनि २० जनाका लागि  रकम माग गरिएको छ । यो कार्यक्रमले आर्थिक अभावमा पढ्न नपाएका छोरी–बुहारीलाई सहयोग पुगेको छ ।





  • प्रकाशित मिति : असोज २०, २०८० शनिबार २२:४९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया