नागढुंगा सुरुङमार्ग नजिकै भासियो जमिन, त्रासमा स्थानीय [तस्बिरहरू]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नागढुंगा सुरुङमार्गबाट करिब १० मिटरमाथिको जमिन भासिएको छ ।

सुरुङमार्गको मुख्य प्रवेशद्वारबाट करिब १० मिटरमाथि चन्द्रागिरि नगरपालिका एक बस्नेत छाप टोटी टोलमा करिब १० मिटर जमिन भासिएको हो । 

स्थानीय प्रकाश रेग्मीले सो स्थानमा घर भएको भए दुईतला भासिने थियो भन्दै सुरुङ मार्ग आसपासका अन्य क्षेत्रमा समेत त्रास बढेको बताए । 

‘आस पासमा जमिन भासिन थालेपछि हामी त्रास छौँ । यदि सडक वा घर हुन्थ्यो भने ठूलो क्षति हुन्थ्यो,’ उनले भने । जमिन भासिएपछि त्यसबारे छलफल गर्न अब स्थानीय अगुवाहरूको बैठक बस्ने तयारी भएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार १०:८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया