इजरायलका लागि नयाँ सैन्य सहयोगको घोषणा गर्दै अमेरिका

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अमेरिकाले इजरायलका लागि नयाँ सैन्य सहयोगको घोषणा गर्ने भएको छ । शनिबार हमासको आक्रमणपछि अमेरिकाले नयाँ सैन्य सहयोगको घोषणा गर्न लागेको हो । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले यस्तो सम्भावना रहेको बताएका हुन् । अमेरिका इजरायलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो ।

इजरायलले विशेष अतिरिक्त सहयोगको आग्रह गरेको र अमेरिकाले यसबारे हेरिरहेको विदेशमन्त्री ब्लिंकेनले सिएनएनसँग बताएका हुन् । उनले भनेका छन्,‘हमासबाट भएको इजरायलमाथि आक्रमणको सामना गर्न यो क्षणमा आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउँछौँ भन्ने सुनिश्चित गर्नु राष्ट्रपति जो बाइडेनको निर्देशन थियो ।’

हमासको पछिल्लो आक्रमणमा इजरायली पक्षका छ सयभन्दा बढीको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, गाजामा कम्तीमा तीन सय ७० मारिएको त्यहाँका अधिकारीहरूले जनाएका छन् । 





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार २२:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया