इजरायल आक्रमण : ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो, एकै स्थानमा भेटिए २६० शव

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ११ सय नाघेको छ । गत शनिबार आक्रमण सुरु भए यता अहिलेसम्म ११ सय मानिसको मृत्यु भएको पुष्टि भएको र १ लाख २३ हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उदृतगर्दै बिबिसीले जनाएको छ । 

अहिले पनि सातदेखि आठ स्थानमा इजरायल भित्र प्रवेश गरेका बन्दुकधारीले आक्रमण गरिरहेको बताइएको छ । यसैबीच, इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकै पटक कम्तीमा २६० जनाको शव निकालेका छन् ।

राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले गरेको आक्रमणमा कम्तीमा २ सय ६० जनाको शव फेला परेको बताएका छन् । 

त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन् । इजरायली उद्धार सेवा ‘जिका’ ले खोजतलास गर्दा ठूलो संख्यामा शव फेला परेको र अझै धेरै शव सङ्कलन गर्न बाँकी रहेको जनाएको छ। 
 





  • प्रकाशित मिति : असोज २२, २०८० साेमबार ११:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया