logo-img

‘युवाकाे सही परिचालन गर्न सके नेपालले आर्थिक विकासमा फड्को मार्न सक्छ’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एसियाली विकास बैंकका पूर्वअध्यक्ष प्राध्यापक हारुहिको कुरोदाले नेपालमा युवा जनशक्ति परिचालन गर्न सके आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्न सक्ने बताएका छन् । चीन, जापान, ताइवान, कोरियाजस्ता पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदर र बुढ्यौलीका कारण निष्क्रिय जनशक्ति बढेको भन्दै उनले नेपालमा भने यस्तो समस्या नरहेको बताए । 

कुरोदाले मानव स्रोत नै नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र रहेको उल्लेख गरे । नेपालसँगै दक्षिण एवं दक्षिण पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदरको समस्या नरहेको भन्दै उनले मानव मष्तिष्कको उपयोगमा लाग्न सुझाव दिए ।

‘पूँजी, प्रविधि, शिक्षा र सीपको विकास गरी त्यो जनशक्तिलाई आफ्नो देशको हितमा उपयोग गर्न सकिन्छ । छिमेकी चीन र भारतजस्ता मुलुकले विदेशमा रहेका आफ्ना नागरिकलाई फर्काएर आर्थिक विकासमा फड्को मारेको उदाहरणलाई नेपालले पछ्याउन जरुरी छ,’ इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) सँग खबर हबले गरेको युवासँगको अन्तरसंवादमा कुरोदाले भने ।

एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा. विन्दुनाथ लोहनीले मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक प्रतिवद्धतासँगै अग्रसरता आवश्यक भएको बताए ।

सो अवसरमा सहभागी विद्यार्थीले विश्व अर्थतन्त्र र त्यसबाट नेपाललाई पर्ने प्रभावका विषयमा राखेका जिज्ञासाको प्राध्यापक कुरोदाले जवाफ दिएका थिए । 
 





  • प्रकाशित मिति : असोज २२, २०८० साेमबार १६:५७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया