गाजा क्षेत्रमा नाकाबन्दी गर्ने इजरायलको घोषणा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इजरायलले प्यालेस्टाइनीको बसोवास रहेको गाजा क्षेत्रमा पूर्ण नाकाबन्दी लगाउने भएको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले शनिबार इजरायलमा आक्रमण गरेपछि जवाफी कारबाहीस्वरूप इजरायलले गाजामा खाद्यान्न, इन्धन, विद्युत् तथा खानेपानी आपूर्ति बन्द गर्ने घोषणा गरेको हो । 

हमासको आक्रमणको तेस्रो दिन सोमबार पनि दुवै पक्षले एकअर्काप्रति लक्षित गरेर मिसाइल आक्रमण जारी राखेका थिए । इजरायलले गाजा क्षेत्रमा मिसाइल आक्रमण गर्नुका साथै आसपास आफ्ना नागरिक रहेको क्षेत्रमा पुनः नियन्त्रण लिएको दाबी गरेको छ  । 

शनिबारयता युद्धमा परी इजरायलमा ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ, जसमध्ये २६० जनाको एक सांगीतिक कार्यक्रमको क्रममा हमासका बन्दुकधारीको आक्रमणमा मृत्यु भएको थियो ।  

इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा भने ५ सय जनाभन्दा बढीको मृत्यु भएको प्यालेस्टाइनका स्वास्थ्य अधिकारीले बताएका छन्  । हमासको आक्रमणमा परी १० जना नेपालीको पनि मृत्यु भएको छ । उनीहरूकाे मृत्यु भएको दुःखमा आज नेपालमा राष्ट्रिय शोक मनाइँदैछ ।   





  • प्रकाशित मिति : असोज २३, २०८० मंगलबार ७:१५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया