कुकुर र बिरालोलाई बन्ध्याकरण कार्यक्रम सुरु गर्दै काठमाडौं महानगर
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोको संख्या सीमित गरेर भएकालाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

मंगलबार सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाको प्रमुख बालेन शाहले चुनाव बेला घरदैलो गर्दा होस वा कलसेन्टरमा गुनासो काठमाडौंको मुख्य समस्यामध्ये कुकुर व्यवस्थापन पनि रहेको बताएका हुन् ।   

उनले लेखेका छन्, ‘चुनावका बेला घरदैलो गर्दा होस् वा कलसेन्टरमा गुनासो काठमाडौंको मुख्य समस्यामध्ये कुकुर व्यवस्थापन पनि रहेछ ।’

उनले आजैबाट महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकैसाथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाउने भएको पनि जनाएका छन् ।

आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेबिजविरुद्धको खोप दिने र ९ वडा हुँदै आफूहरू  ३२ वडासम्म पुग्ने लक्ष रहेको उनको भनाइ छ । 
  
 





  • प्रकाशित मिति : असोज २३, २०८० मंगलबार ११:२२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया