logo-img

स्थानीय तहका कर्मचारीको आन्दोलन आज पनि जारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले आज पनि आन्दोलन गरेका छन् ।

मंगलबार पनि उनीहरुले माइतिघर मण्डलामा भेला भइ आन्दोलन गरेका हुन् । उनीहरुले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायत माग राखेका छन् । 

उनीहरू आन्दोलन गरिरहेका छन् । स्थानीय तह कर्मचारीका सवाल वृद्धि विकास, अन्तरप्रदेश सरुवा, बढुवा लगायतका २० बुँदे माग राखेर आन्दोलन गर्दै आएको छ । स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले संघी निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् । 

स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेट्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायत माग छन् । 

उनीहरुले हामी यहाँ छौँ, के सरकार सुतेकै हो त ? हामीलाई न्याय कसले दिने ? समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन गर, खै सरकार कहाँ छ ? एकीकृत निजामती सेवा ऐन जारी गर, अन्तरप्रदेश सरुवा लागू गर, सेवा करारका कर्मचारीको उचित व्यवस्थापन गरलगायत प्लेकार्ड बोकेर बिरोध जनाएका छन् ।





  • प्रकाशित मिति : असोज २३, २०८० मंगलबार १५:१९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया