इजरायली सेनाको चेतावनी : गाजाबाट यस्ता तस्बिर आउनेछन्, जुन हेर्न गाह्रो हुनेछ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इजरायली सेनाले हमासविरुद्धको आक्रमण सशक्त हुने चेतावनी दिएको छ । इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोनाथन कन्रिकसले भिडियो वक्तव्यमार्फत यस्तो चेतावनी दिएका हुन् ।  

उनले भनेका छन्, ‘हामीले ठूलो क्षति बेहोर्नुपरेको छ, तर यसले हामीलाई रोक्न सक्दैन र यसले हाम्रो संकल्पलाई कमजोर बनाउँदैन।’

गाजामा लडाइँ तीव्र हुने चेतावनी दिँदै उनले भनेका छन्, ‘यो लडाइँ जारी रहनेछ र गाजापट्टीका दृश्यहरू हेर्न धेरै गाह्रो हुनेछ।’

इजरायली सेनाले मंगलबार राति गाजाका २०० वटा लक्ष्यमा आक्रमण गरेको जनाएको छ । गएराति इजरायली आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको हमासका प्रवक्ताले बताएका छन् ।

हालसम्म इजरायलमा १२ सय र गाजामा नौ सयको ज्यान गएको छ । गाजामा कुनै पनि ठाउँ सुरक्षित नरहेको बताइएको छ । 

मानवअधिकारकर्मीहरूले पनि गाजामा यस्तो तीव्र आक्रमण धेरै वर्षदेखि नदेखिएको बताएका छन् । 





  • प्रकाशित मिति : असोज २४, २०८० बुधबार १६:१३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया