logo-img

डेंगुबाट ३८ हजार ५९ व्यक्ति संक्रमित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेंगुबाट संक्रमित हुनेको संख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ । 

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेंगु संक्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् ।

महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेंगुको संक्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । हालसम्म कूल संक्रमित संख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँचजना (६२ दशमलव आठ प्रतिशत) संक्रमित भएका छन् भने सबैभन्दा कम संक्रमित प्रदेश कर्णाली एक सय २८ जना (शून्य दशमलव ३ प्रतिशत) छन् । 

त्यस्तै, मधेश प्रदेशमा पाँच सय ९० जना (एक दशमलव छ), बागमती प्रदेशमा चार हजार आठ सय ८३ जना (१२ दशमलव आठ प्रतिशत), गण्डकी प्रदेशमा छ हजार आठ सय १८ जना (१७ दशमलव नौ प्रतिशत), लुम्बिनी प्रदेशमा छ सय ५५ जना (१ दशमलव सात प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जना (दुई दशमलव आठ प्रतिशत) संक्रमण देखिएको छ ।

जिल्लागत हिसाबले सबैभन्दा धेरै क्रमशः सुनसरी जिल्लामा १६ हजार ९६ जना (४२ दशमलव तीन प्रतिशत) संक्रमित भएका छन् । तनहुँमा चार हजार छ सय ५१ जना (१२ दशमलव दुई प्रतिशत), झापामा तीन हजार पाँच सय ८१ जना (नौ दशमलव ४ प्रतिशत), धादिङमा तीन हजार एक सय ३० जना (आठ दशमलव दुई प्रतिशत), मोरङमा दुई हजार दुई सय ७४ जना (छ प्रतिशत), कास्की जिल्लामा एक हजार चार सय ८१ जना (तीन दशमलव नौ प्रतिशत), र काठमाडौंमा आठ सय दुई जना (दुई दशमलव एक प्रतिशत) संक्रमित भएका छन् भने अन्य जिल्लामा छ हजार ४४ जना (१५ दशमलव नौ प्रतिशत) डेंगुबाट संक्रमित भएका छन् ।  

कुल डेंगु संक्रमित संख्यामा अगष्टमा मात्र संक्रमित संख्या १३ हजार आठ सय ४६ जना पुगेको थियो । सेप्टेम्बरमा ११ हजार पाँच सय ८० जना र अक्टोबर ११ सम्म चार हजार सात सय ९० जना संक्रमित भएका छन् । 



गतवर्ष अक्टोबर महिनामा १७ हजार आठ सय ८९ मा डेंगु संक्रमण देखिएको थियो । डेंगु रोग डेंगु भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । 

महाशाखाले एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कनाले लामखुट्टेले फूल पार्न सक्ने सम्भावित घर र विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँ र पानी राख्ने भाँडा खोजी सफा गरौँ र लामखुट्टेको फूल नष्ट गरौँ लगायतका डेंगु नियन्त्रणका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।



  • प्रकाशित मिति : असोज २४, २०८० बुधबार १६:३२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया