मोदीले नेपाललाई जानकारी गराएर नेपालको भ्रमण गर्नु पथ्र्यो : सांसद खतिवडा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कांग्रेस सांसद रामहरि खतिवडाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्रधानमन्त्रीस्तरीय आधिकारिक भ्रमण गरेको भए राम्रो हुने बताएक छन् । 

प्रतिनिधिसभा, बैठकपछि सञ्चाकर्मीसँग उनले मोदीले भ्रमण गरेको भूमि नेपाली भएकाले उनले आधिकारिक रूपमा ती क्षेत्रको भ्रमण गरेको भए राम्रो हुने बताए । 

उनले भने, ‘हामीले बहने कुरा मात्र गर्नुभएन । राष्ट्रियताको मामिलामा कोहीभन्दा हामी कम छैनाैँ । राष्ट्रियताका लागि कालापानी युद्धदेखि लिएर धेरै ठूला युद्ध भएका छन्, त्यसमा नेपालीले सहादत पाएका छन । त्यो भूमि नेपालको हो भन्ने कुरामा केही विवाद छैन । र, यो विषयमा आधिकारिक रूपमा प्रधानमन्त्रीस्तरीय भ्रमण भएको भएदेखि राम्रो हुन्थ्यो । व्यक्तिगत भ्रमणको विषयमा धेरै टिप्पणी गर्दिनँ ।’

मोदी आज (बिहीबार) बिहान कालापानी लिपुलेक क्षेत्रमा पुगेका थिए । उनले त्यहाँबाट कैलाश पर्वतको दूरदर्शन र पूजापाठ गरेका छन् ।





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार १७:५४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया