logo-img

अब पार्टीको प्रचार अनलाइमार्फत् गर्छौँ : उपेन्द्र यादव

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो औपचारिक वेबसाइट आजबाट सञ्चालनमा ल्याएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले वेबसाइटको उद्‍घाटन गर्दै अब पार्टीका गतिविधि वेबसाइटमा राख्ने र अनलाइनमार्फत पार्टीको प्रचार गर्ने बताए । 

शुक्रबार ललिपुरस्थित पार्टी कार्यालयमा डिजिटल युगअनुसार चल्न वेबसाइट सञ्चालन गरेको बताएका उनले वेबमार्फत आफ्ना पार्टीका गतिविधि बाहिर ल्याउने उल्लेख गरे । उनले छिट्टै पार्टीको प्रचारको लागि अनलाइन सञ्चालन गर्ने जानकारीसमेत दिए । 

वेबसाइट, अनलाइन र म्यागजिनबाट पार्टी गतिविधिलाई जनतामाझ पुर्याउने भन्दै यादवले थपे, ‘हामी आफैं एउटा टिममार्फत पार्टीका सूचना समाचार, पार्टीको विचारलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय कुराहरूलाई लिएर एउटा अनलाइन चलाउने छौँ । वेबसाइट, अनलाइन र म्यागजिन यी तीन प्लेटफर्मबाट पार्टीका दस्ताबेज, नेताका अन्तर्वार्ता, वक्तव्यलगायत विविध गतिविधिलाई जनतासम्म पुर्याउँछौँ ।’

उनले वेबसाइट सञ्चालनमा आएसँगै रसिद काटेर पार्टी सदस्य बन्ने झन्झटको अन्त्य हुने धारणासमेत राखे ।  





  • प्रकाशित मिति : असोज २६, २०८० शुक्रबार २१:३७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया