भूकम्पमा परेर अफगानिस्तानमा दुई हजार भन्दा बढीको मृत्यु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटी महासंघ (आइएफआरसी) का एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर माथिअसले पश्चिमी अफगानिस्तानको हेरात प्रान्तका भूकम्प प्रभावित मानिसको स्थिति अत्यन्त दयनीय रहेको उल्लेख गर्दै उनीहरूलाई सहयोग जारी रहने बताएका छन् । 

निर्देशक म्याथियसले भने, ‘हामी आगामी दिनमा पनि राहत सामग्री वितरण जारी राख्नेछौँ, अल्पकालका लागि भूकम्प प्रभावित जनतालाई उपयुक्त आश्रयस्थलबारे काम गर्न हामी अफगान रेड क्रिसेन्टसँग काम गर्ने हाम्रो योजना छ ।’

आइएफआरसीले यसअघि नै लत्ताकपडा, गैरखाद्य सामग्री र स्वास्थ्य किटहरू उपलब्ध गराइसकेको र अब प्रभावित परिवारहरूलाई थप सहयोगको आवश्यकता रहेको उनले बताए । 

प्रभावित क्षेत्र हेरातको स्थलगत अनुगमन गरेका माथिअसले भूकम्प प्रभावितहरूलाई घर निर्माण तथा दीर्घकालीन जीवनयापनका लागि थप सहयोगको आवाश्यकता रहेको बताए । 

गत शनिबार पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको जान्दा जान जिल्लामा केन्द्रविन्दु बनाएर छ दशमलव दुई म्याग्निच्युडको भूकम्प तथा त्यसपछि पराकम्पहरू गएका थिए । सरकारी स्रोतका अनुसार भूकम्पमा परी कम्तीमा दुई हजार ५३ जनाको मृत्यु तथा हजारौँ घाइते भएका छन । यसैगरी दुइ हजार भन्दा बढी घर ध्वस्त भएका छन् । 

यसैगरी बुधबार हेरातमा छ दशमलव तीन रिक्टर स्केलको अर्को भूकम्प जाँदा एक जानको मृत्यु भएको र एक सय ५० भन्दा बढी घाइते हुनुका साथै भौतिक सम्पत्तिमा समेत क्षति पुगेको सरकारी स्रोतले जनाएको छ । 



भूकम्प पीडितको समस्या समाधानका लागि अफगानिस्तान रेड क्रिसेन्ट सोसाइटीले  गरेको योगदानको प्रशंसा गर्दै उहाँले रेडक्रस विपत्मा उपस्थित हुने पहिलो संस्था भएको बताए ।  



  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार १५:४३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया