गाजापट्टीमा इजरायलले गरेको आक्रमणको विरोधमा जोर्डन र इराकमा बृहत् प्रदर्शन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गाजापट्टीमा इजरायलले गरेको आक्रमणको विरोधमा जोर्डन र इराकका सडकमा बृहत् प्रदर्शन सुरु भएका छन् । उनीहरूले गाजामा बढ्दो तनाव रोक्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान समेत गरेका छन् ।

प्यालेस्टाइनको समर्थन गर्दै हजारौँ जोर्डनवासी शुक्रबार सडकमा उत्रिएका छन् । उनीहरूले प्यालेस्टाइनी लडाकु समूह हमास नियन्त्रित गाजापट्टीमा इजरायलले गरेको आक्रमणको विरोध गरेका हुन् । 

इजरायलले गाजापट्टीमा गरेको आक्रमणको विरोध र प्यालेस्टाइनप्रति समर्थन जनाउँदै इराकमा पनि हजारौँकाे संख्यामा र्‍याली निस्किएकाे छ । 

शुक्रबार दिउँसो प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्दै उनीहरूले इजरायलको झन्डा समेत जलाएका छन् । उनीहरूले ‘नो अमेरिका, नो इजरायल’ भन्दै नारा लगाएका थिए ।





  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार १६:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया