logo-img

सशस्त्र प्रहरीको पम्प सिल, कम परिमाणमा पेट्रोल बेचेको भेटियाे

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मूल्यभन्दा कम परिमाणमा पेट्रोल बेचेको पाइएपछि सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्प सिल गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि पेट्रोल पम्पहरूको अनुगमनमा गएको रेपिड रेस्पोन्स टिमको टोलीले पम्प सिल गरेको हो। 

अनुगमन टोलीमा प्रधानमन्त्री प्रचण्डको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर तथा नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायका उच्चपदस्थ कर्मचारी सहभागी थिए । 

टोलीले यसअघि मंगलबार अनुगमनकै क्रममा तीनकुनेस्थित बाबा भ्याली पेट्रोल पम्प पनि सिलबन्दी गरेको थियो।





  • प्रकाशित मिति : कात्तिक १, २०८० बुधबार १६:२५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया