logo-img

सेयर बजारमा सामान्य गिरावट

साताका दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार थियो । बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० विन्दुमा बन्द भएको छ । कारोबार रकम भने भने हिजोका तुलनामा बढेको छ । 

५८ लाख ७४ हजार ९६७ कित्ता सेयर २ अर्ब ५४ करोड ७० लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबार नेप्से २.०६ अंकले बढेर बजार परिसूचक १९६०.८१ विन्दुमा रहँदा ५० लाख ६४ हजार ३८ कित्ता सेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको थियो । 

आज फाइनान्स उपसमूह अस्वाभाविक रूपमा ३.११ प्रतिशतले बढेको छ भने लघुवित्त उपसमूहको बढोत्तरी २.७६ प्रतिशत छ । व्यापार र जलविद्युत उपसमूह पनि बढेको छ । 

१२४ कम्पनीको सेयरमूल्य बढेको छ भने १०७ कम्पनीको घटेको छ । १२ कम्पनीका सेयरमूल्य स्थिर छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा पहिलो नम्बरमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त छ । उक्त लघुवित्तको १० करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ । ग्रामीण विकास लघुवित्तको ७ करोड १५ लाख, हिमालयन डिष्टिलरीको ५ करोड ८६ लाख र प्राइम कमर्सियल बैंकको संस्थापक सेयर ५ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । 

सेयरमूल्य बढ्ने कम्पनीमा इन्फिनिटी लघुवित्त पहिलो नम्बरमा छ । उक्त लघुवित्तको सेयरमा सकारात्मक सर्किट नै लागेको छ । दोल्ती पावर, समता घरेलु लघुवित्त, ग्रामीण विकास लघुवित्त, सृजनशील लघुवित्त लगायत सेयरमूल्य बढेका कम्पनीको सूचीमा अगाडि छन् । 



सेयरमूल्य घट्नेमा सर्वाधिक कुमारी सबल योजनाका लगानीकर्ताले गुमाएका छन् । उक्त योजनाको सेयरमा नेगेटिभ सर्किट नै लागेको छ । 
 



  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार १६:२०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया