logo-img

रमेश लेखकको स्वीकारोक्ति- ‘कांग्रेस सत्तामै हुँदा पनि विधेयकको काममा कमजोरी भयो’

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सरकारमा भएको बेला पनि विधेयकको काममा कमजोरी भएको स्वीकार गरेका छन् । 

बुधबार सिंहदरबारमा संसदीय मामिला पत्रकारहरूसँगको छलफलमा उनले आफूहरू सरकारदेखि प्रतिपक्षमा पुग्दा समेत विधेयक निर्माणका सन्दर्भमा कमजोरी यथावत् रहेको बताएका हुन् । 

उनले भने, ‘मैले सार्वजनिक रूपमा यो कुरा स्वीकार गर्न कुनै कठिनाइ छैन । भएको कुरालाई त स्वीकार नगरी भयो त । हामी सरकारमा हुँदा पनि विधेयकको काममा कमजोरी भएकै हो । हामी अहिले प्रतिपक्षमा छौँ । त्यो कमजोरी यथावत् छ । कुनै न कुनै रूपले विधेयकको काम कमजोर भएको छ भन्ने कुरामा हामीले अनुभूति गर्नुपर्छ ।’

उनले नेपाली कांग्रेस सरकारमा हुँदा समेत अगाडि बढाउनुपर्ने केही विधेयक अगाडि बढाउन नसकेको भन्दै दुःख पनि व्यक्त गरेका छन् । संसद् प्रभावकारी रूपमा सञ्चालन हुन नसके व्यवस्थामाथि नै खतरा हुने लेखकको भनाइ थियो । 

उनले भने, ‘संसद् प्रभावकारी रूपमा सञ्चालन भएन भने यो व्यवस्थामा पनि जटिलताहरू थपिन सक्छन् । संसद्को उपस्थितिमै समस्या रहेको छ । गणपूरक सङ्ख्या नपुगेको कारण संसद्को बैठक अन्त्य वा स्थगन भयो भने त्यसले के सन्देश जान्छ ?’ 





  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार १५:१३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया