logo-img

अस्ट्रेलियाले दियो पाकिस्तानलाई ३६८ रनको लक्ष्य, वार्नर-मार्शको आक्रामक शतक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई ३ सय ६८ रनको लक्ष्य दिएको छ । बैंग्लोरको एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६७ रन बनायो । 

उसका लागि ओपनिङ ब्याटरद्वय डेविड वार्नर र मिचेल मार्शले शतकीय पारी खेले । वार्नरले १२४ बलमा १४ चौका र ९ छक्कासहित १६३ रन बनाए । एकदिवसीयमा वार्नरको यो २१औँ शतक हो । योसँगै उनी जारी विश्वकपको एक खेलमा उच्च स्कोर बनाउने ब्याटर पनि बनेका छन् ।   

यस्तै, पाकिस्तानविरुद्ध अर्का ओपनर मार्शले १०८ बलमा ९ छक्का र १० चौकाको सहयोगमा १२१ रन बनाए । एकदिवसीय करियरमा उनको यो दोस्रो शतक हो । 

मार्श र वार्नरबीच पहिलो विकेटका लागि २०३ बलमा २५९ रनको साझेदारी बन्यो ।



त्यस्तै, मार्कस स्टोइनिस २१ र जोस इंग्लिस १३ रनमा आउट भए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले १० ओभरमा ५४ रन दिएर ५ विकेट लिए । 

यस्तै, हरिस रौफले तीन र उस्मा मिरले एक विकेट हात पारे । जारी विश्वकपमा पाकिस्तानले तीन खेल खेल्दा दुईमा जित र एक खेलमा हारको सामना गरेको छ ।



यस्तै, पाँचपटकको अस्ट्रेलियाले तीनमध्ये दुईमा हार तथा एक खेलमा मात्र जित निकालेको छ । 

  • प्रकाशित मिति : कात्तिक ३, २०८० शुक्रबार १८:११:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया