logo-img

दलहरूबीच नयाँ प्रकारको सहकार्य आवश्यक : देवेन्द्र पौडेल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पछिल्लो समय देशमा सामाजिक सद्भाव खलल पुर्‍याउने प्रयास गरिएको बताएका छन् ।

माओवादी केन्द्र पोखरा महानगर समितिले विजया दशमी, तिहारलगायत विभिन्न पर्वहरूका अवसरमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिलेको व्यवस्था ल्याउनका लागि सहकार्य गरेका दलहरूबीच पुनः नयाँ प्रकारको सहकार्य आवश्यक भएको बताए ।

नेता पौडेलले भने, ‘अहिलेको व्यवस्था र प्रणालीलाई उल्टाउनका लागि केही तत्वले विभिन्न प्रकारले चलखेल गरेको र समाजलाई भड्काउँदै सामाजिक सद्भावमा खलल पुर्‍याउने प्रयास गरेको महसुस गरेका छौँ । त्यसका विरुद्ध अहिलेको प्रणालीका लागि सँगै लडेका शक्तिहरूबीच नयाँ प्रकारको सहकार्यको आवश्यकता छ ।’ 

समाजलाई भड्काउन खोज्नेका विरुद्ध एकताबद्ध भएर मात्र गणतन्त्र, सङ्घीयता र अहिलेको प्रणालीको रक्षा गर्न सकिने पौडेलले बताए । प्रतिनिधिसभाका सांसदसमेत रहेका उनले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

देशको अबको बाटो भनेको सुशासनसहितको समृद्धि र सामाजिक न्याय समितिको समाजवादी कार्यक्रम रहेको उनले उल्लेख गरे । ‘हामी देशमा समृद्धि, सामाजिक न्याय र प्राप्त उपलब्धिको रक्षा गरेर मात्र सुशासनमा अघि बढ्न सक्छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि अहिलेको सरकारले काम गरिरहेको छ । त्यसमा सबैको साथ र सहयोग आवश्यक छ’, नेता पौडेलले भने ।   





  • प्रकाशित मिति : कात्तिक ३, २०८० शुक्रबार २१:२३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया