राष्ट्रपति पौडेलले गरे पलाञ्चोक भगवतीको दर्शन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् । आइतबार बिहान राष्ट्रपति पौडेलले पलाञ्चोक भगवती मन्दिरकाे दर्शन गरेका हुन् ।

बड़ा दसैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलाञ्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका-९ स्थितपलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रूपमा परिचित छ ।

पलाञ्चोक भगवतीको मन्दिर करिब १ हजार ६५५ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठीदिदीको रूपमासमेत लिने गरिन्छ ।

जिल्लाको बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय वृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किंवदन्ती छ ।

भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजान स्थानीय ६० घरधुरीको मद्दतबाट पनि भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा राखी पूजा आजा गर्दै आएको किंवदन्ती रहेको छ ।





  • प्रकाशित मिति : कात्तिक ५, २०८० आइतबार १४:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया