logo-img

धादिङमा भूकम्पबाट ६ घर क्षतिग्रस्त, १८ घरमा आंशिक क्षति

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

धादिङमा आइतबार बिहान आएको भूकम्पबाट ६ वटा घरमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आइतबार साँझसम्म १८ वटा घरमा आंशिक क्षति र ६ वटा घर क्षतिग्रस्त भएका हुन् ।  

‘आइतबार साँझसम्म ६ वटा घर क्षतिग्रस्त बनेको र १८ वटा घरमा आंशिक क्षति पुगेको विवरण प्राप्त भएको छ । आज पनि हामी विवरण संकलन गर्छौँ । घर भत्किएकालाई वैकल्पिक बसोबासका लागि त्रिपाल पनि पठाइसकेका छौँ,’ प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरले भने ।  

भूकम्पले ज्वालामुखी गाउँपालिका-५ को सिम्ले, भाङे, कालिमाटीलगायतका ठाउँका घरमा क्षति पुर्‍याएको उपाध्यक्ष धर्मबहादुर अर्यालले जानकारी दिए । उनका अनुसार ज्वालामुखी-७ को रामपुरबेंसीमा पनि क्षति पुगेको छ ।  





  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार ८:३२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया