logo-img

मकवानपुरमा अटो दुर्घटना : सात घाइते, एकको अवस्था गम्भीर
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मकवानपुरमा अटो दुर्घटना हुँदा सातजना घाइते भएका छन् । प्रहरीका अनुसार दुम्सीडाँडाबाट हेटौंडातर्फ जाँदै गरेको ना २ ह ५१७४ नम्बरको अटो आफैं अनियन्त्रित भएर सडकबाट करिब ३० फिट तल खसेको थियो । 

दुर्घटनामा मकवानपुर गढी–७, सुकौराकी २३ ववर्षीया मनिता मोक्तान, उनकी दुई महिनाकी छोरी जानुका जिम्बा, मकवानपुर गढी–७ का कृष्णबहादुर योञ्जन, उनकी छोरी ८ वर्षीया सारोक्षा योञ्जन, २६ ववर्षीया दिलमाया योञ्जन हिरामाया योञ्जनर विकाश योञ्जन मुक्तान घाइते भएका  जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । 

घाइतेमध्ये मनिताको छाती र बायाँ हातमा चोट लागेको छ । उनकी दुई महिने छोरीको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पाँचजनाको डिस्चार्ज भएको छ भने दुई जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : कात्तिक ९, २०८० बिहीबार ९:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया