logo-img

एनआरएनए विवाद : आधिकारिकताको दाबी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आरके शर्माले नेतृत्व गरेको समूहले आधिकारिकताको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ । 
 
अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेस गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरू आधिकारिक रहेको दाबी गरेको हो । उक्त निवेदन परराष्ट्रमा  ११२३ नम्बरमा दर्ता गरिएको छ ।

परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीसहित पदाधिकारीको नामावली पेस गरिएको छ ।
आधिकारिकताको दाबी गर्दै निवेदन दर्ता भए पनि यस विषयमा पछि निर्णय हुने मन्त्रालयले जनाएको छ । निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेका उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको शून्य मत आएपछि त्यतिबेला अध्यक्षका अरू दुईजना उम्मेदवार आरके शर्मा र महेशकुमार श्रेष्ठले मत परिणाम स्वीकार नगर्ने घोषणा गरेका थिए । 

सुरुमा विवादको छानबिन गर्न सहमति जनाएर एकाएक निर्वाचन समितिका एक सदस्यबाट बद्री केसीलगायतले शपथ लिएपछि ललितपुरको होटेल हिमालयमा बन्दसत्र गरेर आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो ।

आरके शर्मा समूहले अर्को समूहले धाँधली गरेर मत परिणाम प्रभावित पारेकाले आफूहरूले नमान्ने बताउँदै आएको छ । परराष्ट्रमा निवदेन दर्ता गराएपछि शुक्रबार कार्यालय समय सकिएकाले आइतबार मात्रै बालुवाटार जाने तय भएको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए ।





  • प्रकाशित मिति : कात्तिक १०, २०८० शुक्रबार १७:३४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया