जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
कात्तिक १३ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी उक्त बैठक बोलाइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकले मधेस प्रदेशसभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको निधनपछि रिक्त रहेको उक्त स्थानमा उम्मेदवार छनोट गर्नेबारे छलफल गर्ने बस्नेतले जानकारी दिए । यादवको गत भदौमा निधन भएको थियो ।
साथै बैठकमा पार्टीको संगठन विस्तार एवं सुदृढीकरण अभियानबारे समीक्षा गरिने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।