logo-img

एनआरएनएको बैंक खाता रोक्काका लागि निवेदन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आरके शर्मा पक्षले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएको छ ।

आधिकारिकता विवादपछि शर्मा पक्षले ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् । 

शर्मा पक्षका महासचिव बुद्धि सुवेदीका अनुसार ती बैंकमा पत्राचार भएको छ भने यसबारे परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकारी अधिकृत (सिइओ) राजेन्द्र कुमार राउतलाई पनि जानकारी गराइएको छ । 

आइतबार अध्यक्ष शर्मासहितका पदाधिकारी बालुवाटारस्थित संघको कार्यालयमा पुगेका थिए । तर, अध्यक्षको कोठा बन्द गरिएका कारण शर्माले नियमित कार्यसञ्चालन गर्न पाएनन् । 

त्यसपछि शर्माले सिइओसहितका कर्मचारीसँग छलफल गरेर संघको नाममा रहेका कुनै पनि बैंक खाताबाट तत्काल आर्थिक कारोबार नगर्न र कार्यालयको साँचो जिम्मा लगाउन आग्रह गरेका थिए । 

पुरानो समितिले संघको सम्पूर्ण तालाचाबी निर्वाचन समितिले अध्यक्ष घोषणा गरेका डा. बद्री केसीलाई बुझाइसकेको छ ।



शर्माले नेतृत्वको एनआरएनए आइसिसीले आधिकारिकताको दाबी गर्दै शुक्रबारै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो । आइतबार शर्मासहितका पदाधिकारीले परराष्ट्रमा पुगेर आधिकारिकताका लागि आवश्यक कागजात पेस गरेका छन् ।



  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार १८:५४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया